१६ मंसिर २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो

लुम्बिनी, १४ माघ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेका छन् । समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् । सांसदलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरेका थिए ।

भ्रमणपछि अर्थसमितिका सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिकर्मीको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरुले चासो राखेको बताए । उनले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर बाँकी रहेको कामका लागि बजेट अभावका विषयमा आफूहरुले ध्यान दिने बताए ।

उक्त अवसरमा सदस्य सचिव शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे अर्थ समितिका सांसदलाई जानकारी गरेका थिए । लुम्बिनीको पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वबारे जानकारी गराउँदै लुम्बिनीलाई पछिल्ला वर्षमा बजेटमा भएको कटौतीका बारेमा समेत ध्यानार्कषण गराएको शाक्यले बताए । सांसदले मायदेवीको दर्शन, पवित्र पुष्करणीपोखरी, अशोकस्तम्भ, केही विहार क्षेत्रहरुको भ्रमण गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि