२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

वर्तमान सरकार ०८४ सम्म कायम रहन्छ : नेपाली कांग्रेस

काठमाडौं ।  आइतबार  बसेको  कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा छलफल गरेको छ  ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरु र सरकारलाई ०८४ सम्म नै  निरन्तरता दिने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने छ । यो  सरकार  गठन भएपछि गरेका राम्रा कामहरु के के छन्, आर्थिक अवस्थाको  सुदृढिकरण के  हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदी विषयमा समीक्षा भएको छ । तीन तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ । सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ ।’

यसैगरी उनले बैठकमा प्रारम्भिक छलफल भएको बताए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि