६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा गर्ने बनारसीधाममा मेला

काठमाडौँ, १३ माघ । दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ ।

यसवर्ष यही माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले राससलाई जानकारी दिए । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आएका उनी चार सय वर्षअघिदेखि दलित र ब्राह्मणले पूजा आराधना गरी समावेशिताको उत्कृष्ट नमूना प्रदर्शन गर्दै आएको बताउछन् ।

चार सय वर्षअघि मैनावती कोटका राजा मानुक चन्दले यो मन्दिरमा दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने रीत बसालेका थिए । बनारसीधाममा हाल बाह्मण समुदायका पन्त र दलित समुदायका लोहारले पूजा आराधना गर्दै आएका छन् । यहाँका ब्राह्मणले दलितलाई कुनै छुवाछुत नगर्ने संस्कृतिको विकास भएको छ । ब्राह्मण पुरोहितले दलितका घरमा गएर कर्मकाण्डलगायत कर्मसमेत गर्ने गरेको पनि पन्त बताउछन् ।

ब्राह्मण समुदायका घरमा दलित समुदायले निर्वाध रुपमा प्रवेशसमेत पाउने गरेका छन् । चारसयवर्ष अघिदेखिको अभ्यासले यो गाउँमा कुनै छुवाछुत र भेद्भाव नभएको स्थानीयवासीको अनुभव छ । पाटन नगरपालिका वडा नं ३ मा पर्ने बनारसीधामलाई धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पनि मेलाले सहयोग गर्ने समाजका अध्यक्ष उत्तरबहादुर चन्द बताउछन् । मेलालाई भव्य रुपमा सम्पन्न गराउन समाज लागिपरेको छ ।

मेलाका बेला बनारसीधाममा कुनै छुवाछुत एवं भेद्भाव नभएको सन्देश दिने खालका कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ । बनारसीधाममा दलितका तर्फबाट पूजाको नेतृत्व गर्दै आएका धीरे लोहार आफूहरुले दलित भनी भेदभावको अनुभव गर्नु नपर्ने अवस्थाको निर्माण भएको बताउछन् । देशभर यस्तो अवस्था बनाउन पनि बनारसीधामको यो उदाहरणले सहयोग गर्ने विश्वास गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि