२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै चल्छ : मेयर मर्हजन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर महानगरपालिकाको स्मार्ट ट्राफिक लाइट कहिल्यै पनि बन्द नहुने बताएका छन् ।
आइतबार साप्ताहिक ट्राफिक सचेतना सुभारम्भ कार्यक्रममा बोल्दै उनले महानगरले जडान गरेका स्मार्ट ट्राफिक लाइटहरु ३६५ दिन नै अनवरत रुपमा चल्ने बताएका हुन् ।
उनले भने, ‘ट्राफिक सचेतना कार्यक्रम र हालसालै हामीले स्मार्ट ट्राफिक लाइटको स्थापना गर्यौं र सञ्चालनमा ल्यायौं । संचालनमा ल्याउनै गार्हो तर प्राविधिक रुपमा यसलाई उद्घाटन गरिसकेपछि यसलाई कार्यान्वयन गर्न पनि केही समस्याहरु आए । तर अब स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै अनवरत र श्रृखलाबद्ध रुपले चल्ने भएको छ । बन्द हुँदैन र निभ्दैन् ।’
साथै उनले सुरुसुरुमा स्मार्ट ट्राफिक लाइटले काम गर्छ या गर्दैन भन्ने ठूलै शंका समेत लागेको बताए । उनले स्मार्ट ट्राफिक लाइटको नियमलाई बस सञ्चालकहरुले नियम मान्छन् की मान्दैनन् भन्ने सबैभन्दा ठूलो डर पैदा भएको समेत उल्लेख गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि