६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

घाइतेको हेलिकप्टरमा उद्धार

खलङ्गा दार्चुला, ११ माघ । दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका–५ मा स्काभेटर दुर्घटनामा परी घाइते भएका चालक रेशम बुढामगरको नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।
चालक बुढामगरलाई हेलिकप्टरमार्फत  उद्धार गरी उपचारका लागि कैलालीको धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उनको खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको जिल्ला अस्पतालले जनाएको छ ।
सडक विस्तार गर्ने क्रममा सुक्खा पहिरो खस्दा चालक बुढामगर घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी लगिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि