२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका पूर्वसदस्य एवं प्रजातन्त्र सेनानी भगवती सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी रुपन्देहीका सिंहको निधनप्रति दुःख व्यक्त गरेका हुन्। सभापति देउवाले स्व सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नातर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
रूपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ रोहिणी गाउँपालिका–७ निवासी सिंह विसं १९९० मा जन्मिएका हुन् । स्व सिंह विसं २०३९, २०४४, २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा साबिक पजरकट्टी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
विसं २०५४ देखि २०५६ सम्म उहाँ रूपन्देही निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापति थिए । नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना र पुनः स्थापनाका आन्दोलन तथा सङ्घर्षमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि