२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

बालविवाह मुक्त अभियानमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री लामा

मनहरी, ११ माघ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपालका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।
आज मुख्यमन्त्री कार्यालय हेटौँडामा बालविवाह मुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालका प्रतिनिधि तथा बालबालिकामाझ उनले प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्दै बागमती प्रदेश सरकार बालविवाह मुक्त अभियानमा प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री लामाले यसअघि नै प्रदेश सरकारले बालविवाह मुक्त गर्नका लागि नीति र कानुनहरू बनाइसकेको समेत बताए ।
“हामीले यसअघि नै कानुन बनाइसकेका छौँ, स्थानीय तहहरूमा पनि नीति र कानुन बनाउँदैछाँै”, उनले भने, “कानुनी र संवैधानिक रुपमै हामी बालविवाह मुक्त प्रदेशका लागि प्रतिबद्ध छौँ ।”
हस्ताक्षर समारोहमा सामाजिक अभियानकर्मी बालकृष्ण पाण्डे, डा गङ्गाधर अधिकारी, देवकी रेग्मीलगायत बालबालिकाको सहभागिता रहेको थियो । सन् २०३० सम्म बालविवाह मुक्त नेपाल घोषणा गरिसक्नका लागि गत पुस १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर अभियानको सुरुआत गरेका थिए । त्यसपछि सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा सातै प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरूले संयुक्त रुपमा राष्ट्रिय अभियानको सुरुआत गरेका थिए ।
विश्वव्यापी यो अभियान तीन महादेशका करिब २८ राष्ट्रमा सञ्चालित छ । बालविवाह रोकथामका लागि प्रदेश सरकारका मुख्यमन्त्री लामाले गरेको प्रतिबद्धताप्रति धन्यवाद दिँदै अभियानकर्मी पाण्डेले बालविवाह रोकथामका लागि समुदायस्तरबाट पनि अभियान थाल्नुपर्ने बताए ।
उनले शारीरिक र मानसिक रूपमा परिपक्व भएर मात्रै विवाह गर्नु उपयुक्त हुने हुँदा नेपालको कानुनले २० वर्ष पुगेपछि मात्र विवाह गर्न योग्य मानेको जानकारी दिए । अहिले पनि बालविवाहका घटना सुनिँदै आएकामा राज्यले यसलाई रोक्नका लागि कानुनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिन उनले सुझाव दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि