११ पुष २०८२, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौँ, ११ माघ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो ।
बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू पाँच बढेको छ । बिहीबार प्रतितोला रू एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू एक हजार आठ सय ८० मा किनबेच हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि