२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ ।
जसमध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५० औं बैठक विहान साढे ११ बजे बस्दैछ ।
बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुदैछ ।
यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुदैछ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’’ माथि दफावार छलफल हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि