१४ फाल्गुन २०८२, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरीमा पुरुषको शव फेला

९ माघ, धनुषा । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८ मा रहेको पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ ।

दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरुले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । शवलाई निकालेर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि