२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज चारवटा संसदीय समितिको बैठक बस्दै

९ माघ, काठमाडौं । आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ । जसअन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल गरिदै छ ।

यसैगरी, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ ।

यस्तै, आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ भने बैठक बिहान ११ बजे बस्दैछ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको ३७ औँ बैठक पनि आज बस्दैछ । साढे ११ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि