२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

नेपालको भन्दा भारतको कानून कडा छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको भन्दा भारतको कानून कडा भएको बताएका छन् । मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले अपराधिक विषयमा भारतको कानून कडा भएको बताएका हुन् ।
उनले भने, ‘कानूनले के भन्छ भने सयवटा दोषी छुटेपनि एउटा निर्दोष पर्नु हुँदैन। म भारतको बोर्डर नजिकैको मान्छे हुँ । भारतीय सिमानामै मेरो घर पर्छ । भारतमा फरार अभियुक्तलाई, धरौटी बुझाउन नसकेको अभियुक्तलाई सरकारले, प्रहरीले, घरमा जति सामान छ त्यो सबै उठाएर लैजान्छ । झ्यालढोका केही छाड्दैन् । घरबाट निकाल्ने सक्ने जे जे समान छ सबै उठाएर लैजान्छ । नेपालको कानूनमा यो छैन । त्यसैले मुद्दा फैसला गर्न नै समस्या छ । भारतको कानून अपराधिक मामिलामा धेरै नै कडा छ ।’
साथै उनले परियोजन लाग्ने बित्तिकै सबै मान्छे दोषी र सबै निर्दोष हुन्छन् भन्ने नहुने बताए । उनले नेपालको जुन न्याय दिने अदालत छ त्यसलाई सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताए ।
यसैगरी रास्वपाकी सांसद सोविता गौतमले हिरासतमा बसेका कैदी बन्दीहरुलाई श्रमसँग जोड्न आग्रह गरेकी छन् । उनले सरकारले छिटो भन्दा छिटो कैदी बन्दीहरुलाई श्रमसँग जोड्ने कार्यक्रम ल्याउन आग्रह गरेकी हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि