१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई

काठमाडौँ, ८ माघ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२ औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गरेका हुन् ।

परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको एक्समा उल्लेख गरेका छन् ।

नवनियुक्त अमेरिकी विदेशमन्त्री रुबियो फ्लोरिडाका राज्यसभा सदस्य छन् । त्रिपन्न वर्षीय उनको नियुक्तिको प्रस्तावलाई सिनेटले ९९ मतले अनुमोदन गरेको हो । उनलाई विदेशमन्त्री नियुक्ति गर्नेसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा एक मत पनि नपरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि