१६ मंसिर २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

हलगोरु पाल्ने किसानलाई सम्मान

अर्घाखाँची, ८ माघ । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।
पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना किसानलाई रु पाँच हजारका दरले प्रोत्साहन रकमसहित सम्मान  गरिएको वडाअध्यक्ष माधव श्रेष्ठले बताए ।
सन्धिखर्क नगरपालिकाका कार्यवाहक नगरप्रमुख मिश्रा आचार्यले खेतबारी बाँझो हुन नदिन गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरी सम्मान गर्ने वडाको कार्यक्रम प्रभावकारी भएको बताए।
नयाँ प्रविधि भित्रिए पनि अझै गोरु पाल्ने परम्परा नहराएको कार्यवाहक नगरप्रमुख आचार्यको भनाइ छ । त्यसैगरी, सो वडा कार्यालयले महिला स्वंयसेविकाहरुलाई पोसाकसमेत प्रदान गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि