२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ ।
मंगलबार पहिलो बैठक बिहान ११ः३० बजे उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूचि रहेको छ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने छ। बैठकमा महान्यायाधिवक्ता कार्यालयको कामकारबाहीबारे छलफल हुनेछ।
यस्तै,सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा सुरु हुनेछ। बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय र समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल गर्ने कार्यसूचि छ ।
दिउँसो ३ः०० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि