१८ कार्तिक २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा

चितवन । चितवनको भरतपुर सडक क्षेत्रमा एक व्यक्तिलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ बसेनी चोकमा प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछी प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर घर्ती निलम्बनमा परेका हुन् ।
चितवन प्रहरीले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो ।
सवारी चेकजाँचको क्रममा युवकलाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका युवकलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा देखिएको छ ।
तर जिल्ला प्रहरी कार्यालय चितवनले यो घटना पुसको नै भएको पुष्टि गरेको छ । कुटाइखाने व्यक्ति भरतपुरकै स्थानीयबासी रहेको प्रहरीले उल्लेख गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि