५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

हमासले पहिलो चरणमा ३३ बन्धक मुक्त गर्ने, सूचीमा छैन विपिनको नाम

६, काठमाडौं । इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम अटाएको छैन ।

सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको सूची हमासलाई बुझाएको थियो भने हमासले रिहाइको प्रतिबद्धता जनाएको थियो ।

पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

आइतबार बिहान ६ बजेबाट युद्धविराम सम्झौता कार्यान्वयनमा जाने भनिए पनि हमासको तर्फबाट रिहा गरिने बन्धकहरूको नाम उपलब्ध गराउन ढिलाइ भएपछि इजरायलले गाजामा आक्रमण गरेको थियो ।

त्यसको केहीपछि हमासले तीन बन्धक रिहा गर्न लागेको सार्वजनिक गर्‍यो भने इजरायलले पनि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको घोषणा गर्‍यो ।

युद्धविरामको पहिलो चरणअन्तर्गत आगामी ६ साताको अवधिमा हमासले ती ३३ बन्दीको रिहाइ गर्ने जनाएको छ । तर, त्यो सूचीमा नेपाली नागरिक विपिनको नाम समावेश गरिएको छैन ।

अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।

बीबीसीका अनुसार ३३ जनाको सूचीमा नौ महिनाका कफिर विवासदेखि ८६ वर्षका शलोमो मन्जरसम्मको नाम छ । बन्धक बन्दा नौ महिनाका कफिरले कैदमै दोस्रो जन्मदिनसमेत मनाइसकेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि