३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

वामदेवले भने- एमालेमै जाने भइयो, तर केही साथी माओवादीमा जान्छन्

६ माघ, काठमाडौं । नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने भन्दै बाँकी कुरा उतै सोध्न भनेका छन् ।

‘२ वर्ष भयो मैले प्रयत्न गरेको, तपाईंले वास्तै गर्नुभएन,’ प्रधानमन्त्रीलाई सुनाएको भनाई उद्धृत गर्दै गौतमले अनलाइनखबरसँग भने, ‘तर यसपालि बोलाउनुभयो ठिकै छ ।’

उनका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गौतमजस्तो इतिहास भएको पुरानो नेता फेरि सक्रिय भएर काम गर्ने अपेक्षा गरेका छन् ।

गौतमले अब एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको भन्दै एमालेमै लाग्ने बताए । ‘माधवजीसँग कुराकानी त भयो, तर एकीकृत समाजवादीबाट कतिपय आशंकाजस्तो व्यक्त गर्ने काम पनि भयो,’ गौतमले भने, ‘तर अब यी कुरा छाडिदिउँ । ओलीजीले छिटै खबर आउँछ भन्नुभएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि