२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

वैदेशिक रोजगारी : व्यक्तिगत माध्यमबाट जानेको संख्या बढ्यो

६ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो ।

गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रुपमा विदेशिनेको संख्या भने बढेको देखिएको छ ।

व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो । व्यक्तिगत रुपमा जानेको संख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ ।

विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ । पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रुपमा जानेको संख्या २ लाख ५ हजार ९४५ रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि