२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, २ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेको छन् । उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
यसैगरी, राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको  राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उहाँहरुलाई आज उक्त पदमा नियुक्त गरेका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि