१८ कार्तिक २०८२, मंगलवार
पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

हिमाललाई जोगाउन सकिएन भने नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाललाई जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन् ।
एमएस म्युजिक एण्ड ईन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको उद्घोष गरेका हुन् ।
मन्त्री पाण्डेले भने,‘जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन् । हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्न चिन्ह् उठ्न सक्छ ।’ उनले प्रकृतिलाई जोगाउनु पर्ने चुनौती देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे।
मन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे सिंगो विश्व एक ठाउँमा उभिनुपर्ने बताए । उनले हिमाललाई हिमालकै रूपमा रहन दिने गरि विश्वजगत एक ठाउँमा उभिनका लागि संयुक्त राष्ट्र संघसमेत चिन्तित हुनुपर्नेमा जोड दिनुपर्ने बताए । साथै उनले नेपाल विविधता पूर्ण संस्कृति र प्रकृतिले ओतप्रोत रहेको बताउँदै विश्वबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूमाथि अथितिदेवो भवको मन्त्रलाई आत्मसात् गर्दै अघि बढ्न अनुरोध गरे ।
अवार्ड कार्यक्रमम १८ वटा देशका विदेशीहरूदेखि स्वदेशीहरूलाई विभिन्न विधाबाट सम्मान गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि