२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

 ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’

काठमाडौँ, २ माघ । नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्ने बताएका छन्।
नेपाल मगर सङ्घले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजित समारोहमा अध्यक्ष शेर्पाले जातीय पहिचान, कला, संस्कृति, रहनसहन जोगाउन मातृभाषा पहिलो प्राथमिकतामा पर्ने धारणा राखे।
पछिल्लो समय आदिवासी जनजातिको मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले शेर्पाले भने, “हाम्रो प्रमुख विशेषता मातृभाषा हो । मातृभाषा रहेमा हामी रहन्छौँ । आज यहाँ कार्यक्रम सञ्चालकले मातृभाषाको प्रयोग गरेको भए उत्प्रेरणा मिल्थ्यो । हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ ।” संस्कार, संस्कृति, वेशभूषासँगै मातृभाषाको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले अवसर भने अन्य समुदायको तुलनामा कम पाएकाले आगामी दिनमा उल्लेख्य सहभागिता जनाउनुपर्ने बताए । “हाम्रो समुदायले प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्दछ । प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन हुँदैन”, उनले भने, “हाम्रा हकअधिकार सुनिश्चित गराउन हामी सचेत हुन आवश्यक छ ।”

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि