२७ आश्विन २०८२, सोमबार
अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज

मुगुका विपन्न घर परिवारका बिरामीलाई नेपाल निजामती कर्मचारी संगठनको आर्थिक सहयोग

मुगु । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले मुगुका विपन्न घर परिवारका बिरामीलाई राहतस्वरुप रकम सहयोग गरेको छ । यो वर्ष नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले एक लाखसम्म रकम संकलन गरी मुगुका विपन्न घर परिवारका जटिल रोगका बिरामीलाई राहत रकम सहयोग गरेको हो ।
‘समाजिक कार्यमा हाम्रो सहभागिता’ भन्ने उदेश्यका साथ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले रकम संकलन गरी मुगु जिल्लाका विपन्न गरिब घरपरिवारका ५ जना जटिल रोगका बिरामीहरुलाई संकलित रकम सहयोग गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुका अध्यक्ष सोनाम तोर्चे लामाले जानकारी दिए ।
मनकारी कर्मचारीबाट यो वर्ष एक लाख रकम संकलन गरेको र त्यही रकममध्येबाट जटिल रोगका बिरामी मुगुम कार्मारोङ गाउँपालिका– ५ सरोग गाउँका उर्गिन टोमा लामालाई १५ हजार, छायाँनाथ रारा नगरपालिका १३ लुमका बिग्नेश खड्कालाई २२ हजार, सोरु गाउँपालिका ३ भिई गाउँका अशोकलाल बुमिलाई २२ हजार, सोरु गाउँपालिका– ४ लिब्रु गाउँका दानबहादुर बुढालाई १५ हजार र सोरु गाउँपालिका वडा नं ९ खनाय गाउँका अभिराज शाहीलाई २२ हजारका दरले रकम सहयोग गरेको अध्यक्ष लामाले बताए ।
मानसिक समस्या, क्यान्सरलगायत जटिल रोगका बिरामीहरु आर्थिक अभावमा रोग पालेर बस्न बाध्य भएका छन् । त्यस्ता जटिल दीर्घरोगीलाई मलमपट्टी होस् र केही उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले मनकारी कर्मचारीहरुबाट रकम संकलन गरी विपन्न गरिब जटिल रोगको शिकार भएकाहरुलाई सहयोग गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि