२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

आज देशभर भूकम्प सुरक्षा दिवस मनाइदैँ

काठमाडौं । वि.सं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ ।
आज ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस मनाइदैँ छ ।
भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी बनाउनको लागि भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो । ९० सालको भूकम्पका कथाहरू धेरैले सुनेका छौ होला ।
भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आईनैरहेको छ यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनासकारी भूकम्पको सामना गर्नुप¥यो । वर्ष ८० मा पनि साना ठुला भूकम्प अनि पराकम्पका साथै जनधनको क्षति पनि भएको छ । यसै वर्ष पनि जाजरकोटमा भूकम्प गएको थियो ।
यस्तो घटना फेरि फेरि पनि हुन सक्ने हुदाँ भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने र यस्तो अवस्थामा कसरी बच्ने भन्ने बारेमा जनतालाई सचेत गराउन अति आवश्यक छ । सरकारले यसबारे पहलकदमी गरेपनि अझै पूर्णता भने दिन सकेको छैन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि