२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

 ‘पुरातात्विकस्थलको संरक्षण राज्यको दायित्व’

२९ पुस । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्विकस्थलको संरक्षण राज्यको दायित्व भएको बताएका छन् ।
आज बिहान भरतपुर महानगरपालिका–१ मा रहेको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको अवलोकन निरीक्षणपछि उनले प्राकृतिक तथा पुरातात्विकस्थलहरुको संरक्षण गर्न सकेमा मात्रै नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न सकिने बताए । उनले भने, “पुरातात्विक वस्तुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सोही अनुसार पुरातात्विकस्थलको निरीक्षण अनुगमन गरिरहेका छौँ ।” उनले त्यस अवसरमा सोही स्थानमा रहेको प्राकृतिक चिकित्सालय, समावेशी गुरुकुल र गौशालाको निरीक्षण गरेका थिए।
आश्रमका अध्यक्ष शैलेन्द्र पिया र महासचिव अशोक पोखरेलले आश्रमसहितका विभिन्न संरचनाबारे जानकारी गराएका थिए । उहाँहरुले आश्रमका लागि प्रदेश सरकारले सहयोग गरे अझै व्यवस्थित बनाउँदै लैजान सहज हुने बताए । अनुगमनका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवाल, बागमती प्रदेशका सदस्यहरु उत्तम जोशी, गीता गुरुङलगायतको सहभागिता थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि