१८ कार्तिक २०८२, मंगलवार
पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

पर्यटन दशक सम्पन्न गर्न कार्ययोजना बनिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटन दशक (२०२५–२०३५) सम्पन्न गर्न कार्ययोजना बनाउने काम भईरहेको बताएका छन् ।

शनिबार पर्यटन कन्कलेभमा बोल्दै मन्त्री पाण्डेले उक्त यस्तो बताएका हन्  । मन्त्री पाण्डेले  यसअघि घोषणा गरिएको सन् २०२२–०३२ पर्यटन दशक कार्ययोजना नबन्दा पर्यटन दशक अघि बढ्न नसकेको बताए ।

उनले भने,यसअघि सन् २०२२–२०३२ पर्यटन दशक घोषणा गरिएको भए पनि कार्ययोजना नबन्दा पर्यटक दशक अघि बढन सकेन । पर्यटन दशक २०२५–२०३५ भव्य रूपमा सम्पन्न गर्न कार्ययोजना बनाउने काम भईरहेको ।’

उनले संघीय पर्यटन मन्त्रीको अध्यक्षतामा बस्ने विषयगत समितिको बैठकमा निजी क्षेत्रलाई समेत सहभागी गराउने काम भईरहेको उल्लेख गरे । उनले मन्त्रालयले तयार गरेको नागरिक उड्डयन सम्बन्धि नीति मन्त्रिपरिषदबाट पारित भईसकेको, संस्कृति नीति मन्त्रिपरिषदको विधायन शाखामा पुगेको, पर्यटन नीति हवाई नीतिको काम समेत अघि बढिसकेको प्रस्ट पार्दै आगामी हिउँदे अधिवेशनबाट, विधेयकहरु  पारित हुने विश्वास वयक्त गरे । मन्त्री पाण्डेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मन्त्रीपरिषद्कै कार्ययोजना अनुरूप कार्य सञ्चालन भईरहेको समेत बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि