१२ पुष २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् ।

फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको  अवसरमा बोल्दै उनले प्रतिनिधिसभामा बहुमत नभैइ सरकार बन्दैन त्यसैले हरेक बनेका सरकारहरु बलिया हुने गरेको बताएका हुन् ।

उनले  भने, ‘दुईवटा पार्टी नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनेको  छ । हामी कहिलेकाहीँ कुनै सरकार बलियो भन्छौं भने कुनै सरकारलाई कमजोर सरकार भन्छौं । तर मलाई चाँही प्रत्येक सरकार बलियो लाग्छ । किन भने प्रतिनिधिसभामा बीना बहुमत सरकार बन्दैन । नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो यो कारणले हो भनेर चाँही प्रमाणित गर्नुपर्छ ।’

साथै उनले नागरीकले  प्राप्त गर्ने लाभले मात्र यो सरकार बलियो हुने बताए । उनले नागरीक खूसी भए मात्र सरकार बलियो हुँदै जाने र प्रमाणित समेत हुने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि