१९ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

सिस्नेरीमा सार्वजनिक जग्गा  मिचेर संरचना निर्माण

बागमती, २५ पुस । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने  भएको छ । स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृति बढ्दै गएको जनाउँदै  गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो ।
‘‘आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा बनाउने प्रवृति स्थानीयमा बढ्दै गएको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भने,‘‘त्यही भएर त्यसविरुद्ध गाउँपालिकाले अभियान चलाउने तयारी गरेको छ ।”
कार्यपालिकाको बैठकले अभियानकोस्वरुप बारे निर्णय लिने उनको भनाइ छ । गत असोज ११ र १२ गतेको बाढीपहिरोले सार्वजनिक जग्गामा निर्माण भएका संरचना बनाएको थियो । अहिले ती स्थानमा स्थानीयले पुनः घर टहरा लगायतका संरचना बनाउन थालेपछि गाउँपालिकाले त्यसलाई निरुत्साहित गर्ने नीति लिएको छ ।
गाउँपालिकाको फाखेल, सिस्नेरीलगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्ेको छ । केही दिनअघि गाउँपालिका कार्यालयले सूचना जारी गरी सार्वजनिक जग्गा अतिक्रमण नगर्न र त्यस्ता स्थानमा घर टहरा लगायतका संरचना निर्माण नगर्न आग्रह गरेको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिए कानुन बमोजिम कारबाहीसमेत अघि बढाइने सूचनामा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि