१९ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामा एमालेबाट निलम्बित

२५ पुस, काठमाडौं । नाबालिका बलात्कार आरोपमा काठमाडौंका पूर्णमान लामा पक्राउ परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका १ का पूर्णमान बौद्ध प्रहरीको हिरासतमा छन् ।

‘नाबालिका बलात्कारको उजुरीपछि हामीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो ।
उनी नेकपा एमाले काठमाडौं जिल्ला सदस्य हुन् । उनले पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले उनलाई निलम्बन गरेको छ ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले अनुशासनको कारबाही सम्बन्धी विधानको व्यवस्था अनुसार लामालाई पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि