१४ फाल्गुन २०८२, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज

प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने

काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ ।
प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा बोल्दै अध्यक्ष बस्नेतले यस अघि फागुन २३ देखि २५ गतेसम्म हुने भनिएको अधिवेशन विशेष कारणले फागुन २५ देखि २७ गतेसम्म हुने जानकारी गराएका हुन् ।
बस्नेतले प्रेस चौतारी नेपालले प्रदान गर्ने पुरस्कार सिफारिसको लागि सिफारिस समिति पनि गठन भएको जानकारी दिए । पुरस्कारको घोषणा प्रेस चौतारी नेपालको स्थापना दिवसको दिन माघ २२ गते हुने उनले बताए ।
उनले माघ २५ गतेसम्म जिल्ला अधिवेशन सिक्नु पर्ने र फागुन ७ गते प्रदेश अधिवेशन समेत सक्नु पर्ने स्पष्ट पारे । तोकिएको समयमा अधिवेशन नगर्ने जिल्ला र प्रदेशमा केन्द्रले तदर्थ समिति बनाउने पनि उनले स्पष्ट पारे ।
जिम्मेवारी लिने र काहीँ पनि नभेटिने प्रवृत्ति अब संगठनमा अन्त्य हुनुपर्ने बस्नेतले बताए । जिम्मेवारी लिनेले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा उनले जोड दिए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका महासचिव हीरामान लामाले संगठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष इन्द्र आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि