२० चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।
इजरायलले गाजा शहरमा धेरै हवाई आक्रमणहरू सञ्चालन गरेको साथै शहरको केन्द्र र वरपरका पश्चिमी क्षेत्रहरूलाई निशाना बनाएको विज्ञप्तिमा उल्लेख छ ।
हालै मध्य गाजा पट्टी, देइर अल बालाहको पश्चिममा भएको हवाई आक्रमणले एउटा घर ध्वस्त पारेको छ । त्यहाँ चार जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्। त्यस्तै दक्षिणी गाजाको खान युनिसको पश्चिमी भागमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमणमा चार जना घाइते भएका छन्।
त्यस्तै इजरायली सेनाले मंगलबार राती र बुधबार वेस्ट बैंकका विभिन्न स्थानहरूमा कम्तिमा ४५ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि