१९ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल युवा परिषद्द्वारा रोशी बाढीपीडित बिद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण

काठमाडौं । नेपाल युवा परिषद्ले काभ्रेको रोशी गाउँपालिकाका बाढीपहिरो पीडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
बिगत १३ बर्षदेखि युवाहरुको क्षेत्र क्रियाशिल युवा सशक्तिकरण, जलवायु परिवर्तन, युवा उद्यमशीलता लगायतका क्षेत्रमा कार्य गर्दै आईरहेको परिषद्ले गत असोज दोश्रो साता गएको बाढीपहिरोबाट पीडित परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको संस्थाका केन्द्रीय अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।
बाढीले रोशी गाँउपालिकामा ठूलो परिणाममा भौतिक र मानवीय क्षति भएको थियो । त्यसमा पनि विभिन्न सामुदायिक विद्यालयहरुको भौतिक क्षतिले त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुको शैक्षिक जिवनमा नै असर पर्ने पो हो की भन्ने आशयका साथ नेपाल युवा परिषद् र मास्टरपीस एनवाईसीको अगुवाईमा, लायन्स क्लब इको फ्रेण्डी, चिनारी नेपाल, रैथाने एग्री प्रडक्टस् नेपाल र लुम्बिनी विश्व शान्त मंचको संयुक्त पहल कदमीमा रोशी गाउँपालिका को बाढीपहिरो प्रभावित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण सम्पन्न गरिएको अध्यक्ष बानियाँले बताए ।
रोशी गाउँपालिका २१५ जना बाढीपहिरो पिडित विद्यार्थीहरुलाई पुग्ने गरी शैक्षिक सामाग्रीहरु वितरण गरेकोमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद भन्तनाले नेपाल युवा परिषद् र परिषद लगायत सहयोगी संस्थाहरुलाई विशेष धन्यबाद व्यक्त गरे ।
आज रोशी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा रोशी माध्यमिक बिद्यालयका २१ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँको हातबाट शैक्षिक सामाग्री वितरण गरेको कुरा परिषदका केन्द्रिय सदस्य एवं बागमती प्रदेश संयोजक नविन गिरीले बताए ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले शिक्षाको उज्यालो घामबाट बिद्यार्थी भाईबहिनीहरुलाई समाजसँग जोड्न सक्नुपर्छ र बिद्यार्थी भाईबहिनीहरुले पनि समाजलाई आफुले सक्दो सहयोग गर्न सक्नुपर्छ भन्दै काभ्रे जिल्लावासीको तर्फबाट पनि नेपाल युवा परिषदलाई धन्यबाद व्यक्त गरे ।
बि.सं. २०७२ को महाभुकम्पबाट प्रभावित बिभिन्न जिल्लाका बिद्यालय तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरको परिषद्ले आगामी दिनहरुमा पनि यस्तै प्रकोपमा परेका बिभिन्न स्थानहरुमा समेत शैक्षिक सामाग्रीहरु वितरण गर्ने लक्ष्य राखिएको बानियाँले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि