२६ आश्विन २०८२, आईतवार
अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

राँझा बाँके, २२ पुस । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहुलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको छ ।
कम्पनीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसल माघी पर्वलाई मध्यनजर गर्दै समय थप गरिएको शाखा कार्यालय नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए ।
उहाँका अनुसार सहुलियत बिक्री केन्द्रबाट हालसम्म एक सय ७३ क्विन्टल चामल बिक्री भएको छ । उक्त परिमाणमा चामल बिक्री गर्दा उपभोक्तालाई रु ८६ हजार छुट पाएका छन् ।
“कम्पनीले चाडपर्वलाई लक्षित गरी गत असोज ६ गतेदेखि  सहुलियत पसल सञ्चालनमा ल्याएको हो, अन्य बिक्री केन्द्रबाट चामलसहित दाल, नुन, तेल, चिनी, चियापत्ती, घिउ, जिरा, चिउरा, पिठोलगायतका २८ किसिमका खाद्य वस्तु बिक्री भएपनि नेपालगञ्जबाट चामल मात्र बिक्री भएको जनाइएको छ ।
नेपालगञ्ज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि