२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक बिहान ७ बजेबाट स्वयम्भू स्टार बैंकेटमा सुरु भएको हो ।
बैठकको सुरुमा समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ हुनेछ भने स्थानीय तह उपनिर्वाचनको समीक्षा, सङ्गठनको समीक्षा र सङ्गठन रणनीतिका विषयलाई छलफलको एजेन्डा बनाइएको छ ।
साथै, सङ्गठन सबलीकरण र जागरण अभियान, लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय संयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ ।
यस सेसनमा केन्द्रीय समिति सदस्य, आमन्त्रित सदस्यहरूमा केन्द्रीय सङ्गठन विभाग, प्रशिक्षण विभाग एवं प्रदेशका महामन्त्रीहरू सहभागी रहनेछन् ।
यस्तै, केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टीको धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि