१६ असार २०८३, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

‘स्वास्थ्य बिमा रकम पाँच लाख पु(याउन स्रोत खोज्दै’

काभ्रेपलाञ्चोक, १९ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम रु एक लाखबाट पाँच लाख पु(याउन स्रोतको खोजी भइरहेको बताएका छन्।

आज बनेपामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित ३४औँ केन्द्रीय सभाको उद्घाटन गर्दै बिमा रकम पाँच लाख पु(याउन विज्ञसहितको सुझाव समिति गठन गरिएको बताएका हुन्।

“विज्ञ टोलीले आजमात्रै सुझाव प्रतिवेदन बुझाएको छ, त्यसलाई कसरी कार्यान्वन गर्ने भन्ने तरखरमा अघि बढ्नेछौँ”, मन्त्री पौडेलले भने । उनले स्वास्थ्य मन्त्रालयले गर्न सक्ने विषयमा सरकारले निर्णय गरेर कार्यान्वन गर्ने बताए । “क्यान्सरलगायत जटिल रोग लागेका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास गरेका छौँ, कार्यान्वयन गर्ने अठोट पनि लिएका छौँ”, उनले भने ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा अन्य सुधारका कार्यक्रम ल्याएको बताए । उनले भने, “बिमाको ट्रेजरी झण्डै रु एक खर्बको बनाउने विषयमा कुन क्षेत्रबाट कसरी बनाउने भन्ने प्रष्ट व्यवस्था गरिएको स्थिति छ ।” स्वस्थ कर कोष रु छ अर्बको रहेकाले त्यसलाई रु १८ अर्ब बनाउनेबारे प्रस्ताव गरिएको उनको भनाइ छ ।

मन्त्री पौडेलले क्यान्सर लागेकाले आफ्नै प्रदेशमा ‘केमो’ सेवा लिनसक्ने गरी सेवा विस्तार गरेको बताए । मन्त्रालयले विभिन्न संस्थासँग मिलेर निरोगिताका लागि नागरिक आफैँले के गर्न हुने/नहुने भन्नेबारे ‘निरोधात्मक चेतना विस्तार अभियान’ सञ्चालन गर्ने उन्ले जानकारी गराउ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि