२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

आरती रावल पुनः आमरण अनसनमा

काठमाडौं । आरती रावल गिरीले कैदमा रहेका बलत्कार दोषी पूर्वन्यायाधीश भुवन गिरीलाई उन्मुक्ति नदिन उच्च अदालत पाटनलाई खबरदारी गर्दै पुनः सडकमा उत्रेकी छिन् ।
आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी रावलले कपिलबस्तु जिल्ला अदालतले वारदात प्रमाणलाई नजरअन्दाज गरी तथ्य बिनाको फैसला गरेको भन्दै न्याय परिषदमा दिएको उजुरीको प्रक्रियासमेत नबढेको आरोप लगाइन् ।
रावलले २०८१ मंसिर ७ गते कपिलबस्तु जिल्ला अदालतका बहालवाला न्यायधीश शिब बहादुर थापाले दोषी भुवन गरीलाई बचाउँदै फैसला गरेको आरोप लगाएकी छिन् । परिषदमा हालेको उजुरीको प्रक्रिया अगाडि नबढाएको तथा यता कैद सजय भोगिरहेका बलत्कार दोषी पूर्वन्यायाधीश गिरीलाई उच्च अदालत पाटनले उन्मुक्ति दिने षड्यन्त्र गरेको आरोप लगाएकी छिन् ।
भुवन गिरी पुनरावेदनको लागि उच्च अदालत पाटन धाउँदै गर्दा रावलले उन्मिुक्तिको लागि चलखेल भइरहेको आरोप लगाउँदै भनिन्,‘सजायको लागि बलियो प्रमाण नै भुवन गिरीको योजनामा अदालतबाटै गायब पारिएको छ ।’
आफू उच्च अदालत पाटन पुगेको समयमा मिसिल हेर्दा जिल्ला अदालतमा पेश गरिएका सबै प्रमाण नदेखेपछि आफू चिन्तित भएको रावलले बताइन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि