१६ मंसिर २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

समाजवादी विद्यार्थी युनियन, नेपालको राष्ट्रिय महाधिवेशन भैरहवामा हुने

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन, नेपालको केन्द्रीय समितिको राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
संगठनको केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको पदाधिकारी समितिको बैठकले आगामी चैत ७ र ८ गते लुम्बिनी प्रदेशको भैरहवामा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय अध्यक्ष रमेश यादवले जानकारी दिएका छन् ।
पार्टीका महासचिव रामकुमार शर्मा, सचिव शैलेन्द्र साह, युवा विद्यार्थी तथा खेलकुद विभागका प्रमुख बिक्की यादवलगायतको उपस्थितिमा सम्पन्न बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक विभिन्न उपसमिति समेत गठन गरेको बताइएको छ ।
जसपा नेपालले २०८२ बैशाख मसान्तभित्र अधिवेशन गर्न नसक्ने भ्रातृ संगठनको केन्द्रीय समितिलाई विघटन गर्ने निर्णय गरेसँगै पार्टीसम्बद्ध भ्रातृसंगठनहरु अधिवेशन, महाधिवेशनको तयारीमा जुटेको पार्टीको प्रचार विभाग पूर्ण बस्नेतले बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि