१८ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

जेजु विमान दुर्घटनामा १७९ जनाको मृत्यु, जेजु एयरले माग्यो माफी

काठमाडौं । दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ ।
६ जना चालक दलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।
१८१ जनामध्ये २ जनामात्र बाँच्न सफल भएको र अरु सबैले ज्यान गुमाएपछि एयरलाइन्सले विज्ञप्तिनै निकालेर माफी मागेको हो ।
जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौँ । ’
विज्ञप्तिमा थप भनिएको छ, ‘हामी यस घटनाको वास्तविकता बताउन हरसम्भव प्रयास गर्नेछौँ । हामी यस घटनाका लागि क्षमाप्रार्थी छौँ ।’
दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको थियो । उनीहरुको उपचार भइरहेको अधिकारीअरुले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि