१३ फाल्गुन २०८२, बुधबार
कोशी मुख्‍य समाचार समाचार समाज

एक टोल एक सिँचाइ पोखरी अभियान

टक्सार भोजपुर, १४ पुस । सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ सिक्रेटारले पोखरी निर्माण सुरु गरेको छ । वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताए।
उनले भने, “सिँचाइका लागि पानी अभाव भएपछि पानी सङ्कलनका लागि पोखरी प्रभावकारी हुने देखिएको छ, यो अभियान एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार भइरहेको छ ।”
पोखरी निर्माणले किसानको सिँचाइ आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य वडाले राखेको छ । पोखरीको लम्बाई १५ मिटर, चौडाई ८ मिटर, र गहिराई दुई दशमलब ३० मिटर तोकिएको छ ।
पोखरी निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ । अवको केही दिनभित्रमा नै निर्माण पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ । स्थानीय स्रोतसाधनको दिगो उपयोगलाई प्रोत्साहन गर्ने र सिँचाइ प्रणालीलाई प्रभावकारी बनाउने बताउँदै वडाध्यक्ष थापाले पानीको अधिकतम उपयोगका लागि पूर्व तयारीस्वरूप पाइपहरूकोसमेत व्यवस्था गरिएको बताए ।
पानी सङ्कलनमा समस्या भइरहेको अवस्थामा बन्दै गरेको सिँचाइ पोखरीले सहयोग मिल्ने भएपछि स्थानीय वडावासीमासमेत उत्साह देखिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि