२० चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

जापान एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित

१२ पुस। साइबर आक्रमणबाट प्रभावित बनेको जापान एयरलाइन्सका सेवाहरु लयमा फर्किन थालेका छन् । बिहीबार साइबर आक्रमणको रिपोर्ट सार्वजनिक भएपछि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएका थिए ।

तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको गरेको एयरलाइन्सले जनाएको छ । जापान एयरलाइन्स (जेएएल)अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो।

एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएका थिए । तर रद्द वा अवरोध नभएको बताइएको छ ।

‘हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनःस्थापना स्थितिको जाँच गरिरहेका छौँ’, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, ‘आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।’

टोकियोको हानेडा एयरपोर्टमा, धेरै उडानहरू ढिलाइ वा पुनः तालिकामा परेका थिए। यात्रुहरूले वाहकको नेटवर्क प्रणालीको अचानक खराबीले उनीहरूलाई स्तब्ध बनाएको थियो । साइबर आक्रमणको खबर बाहिरिएपछि बिहीबार कम्पनीको शेयर मूल्य घटेको थियो । उडान अवरुद्धले जापानभर मेल र पार्सल डेलिभरीमा पनि ढिलाइ भएको छ ।(सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि