१४ फाल्गुन २०८२, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु

११ पुस, पोखरा । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा उनको बयान सुरु भएको हो ।

सोही प्रकरणमा मुछिएकी लिला पछाईंको बयान सकाएर रविको सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सोमबार र मंगलबार पूर्वडीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो । त्यसपछि लिलाको बयान सकाइएको हो ।

बुधबार क्रिसमस बिदा परेकाले मंगलबारदेखि बाँकी पछाईंकै बयान सकेर आज अबेर रविको बयान सुरु भएको हो ।

बिहीबार सूर्यदर्शन सहकारी अपचलनमा मुद्दा दायर भएका ७ जनालाई अदालत उपस्थित गराइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि