१३ पुष २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल बारको ६९औं स्थापना दिवस : न्यायिक सुधार गर्न जोड

७ पुस, काठमाडौं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज(आइतबार) स्थापना दिवस मनाएको छ । नेपाल बार एशोसिएशनले आइतबार ६९ औं बार दिवस मनाएको हो ।

‘जनताले न्याय पाउनुपर्छ’भन्ने विषयमा नेपाल बार एसोसिएसन केन्द्रित रहेको एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले बताए ।

‘नेपाल बार एसोसिएसनले निरंकुश व्यवस्थाका लागि लड्यो । अन्य थुप्रै न्यायिक सुधारका मुद्दाहरुमा बार एसोसिएसन लडिरहेको छ । बार एसोसिएसन अहिले पनि त्यहीँ अभियानमा छ,’ अध्यक्ष घिमिरेले भने, ‘हामी मुलुकका बेथितिका विषयमा बोल्छौं । विशेषगरी जनताले न्याय प्राप्त गर्नुपर्छ भन्ने विषयमा हाम्रो फोकस रहनेछ ।’

अध्यक्ष घिमिरेले सबै मिलेर न्यायिक सुधार गर्न सकिने पनि बताए । उनले भने, ‘हामी सबै मिलेर न्यायिक सुधार गर्न सक्छौं । एक्लै कसैको पनि सामथ्र्य छैन ।’

२०१२ साल पुस ७ गते स्थापना भएको नेपाल बार एसोसिएसनले वकिलहरूको हकहित संरक्षण, कानूनी पेशाको स्तरोन्नति, र नागरिकहरूको न्यायमा पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि