१८ कार्तिक २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

१३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

७ पुस, काठमाडौं । पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो ।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको जनाएको हो । साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपतगरी अतिरिक्त भएको वर्षायामको विद्युत भातरतर्फ निर्यात गरिएको हो । भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । नेपाल–भारतबीचको सम्झौता अनुसार विद्युत निर्यात गरिएको हो ।

बाढी पहिरो र सुख्खायामका कारण तुलनात्मक रुपमा विद्युत निर्यात घटेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ । त्यसपछिका महिनामा निर्यात घटेको तथ्यांक छ । प्राधिकरणले चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखेको छ ।

हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुने प्राधिकरणको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि