१३ पुष २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड

काठमाडौँ, ३ पुस : राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै आयोगले नीतिगत व्यवस्था गरी आप्रवासनका समसामयिक समस्याको न्यायोचित सम्बोधन गर्न आग्रह गरेको हो ।

“आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षण गर्न सरकार र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा आयोग आग्रह गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आप्रवासी श्रमिकको अधिकार संरक्षणमा अर्थपूर्ण योगदान र सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई आयोग अनुरोध गर्दछ ।”

आयोगले देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी श्रमिकहरुको योगदान भएपनि आप्रवासन व्यवस्थापनमा श्रमिकका परिवारले अनुभूत गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको जनाएको छ ।

‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । आयोगले आप्रवासी नेपाली श्रमिकको मानव अधिकार संरक्षणका लागि विगत लामो समयदेखि अनुगमन, अध्ययन, अनुसन्धान, उजुरी ग्रहण, गन्तव्य मुलुकहरुका राष्ट्रिय मानव अधिकार संस्थाहरुसँग द्विपक्षीय सम्झौता गरी उजुरी प्रेषण गर्दै आएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि