१० पुष २०८२, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

‘समसामयिक रुपमा सुरक्षित कारोबार ऐनलाई सुधार गर्नुपर्छ’

काठमाडौं । राजस्व सचिव दिनेशकुमार घिमिरेले सुरक्षित कारोबार ऐनसँग सम्बन्धीत समस्याहरु समाधान गर्न कानूनलाई समसामयिक रुपले सुधार गर्नुपर्ने बताएका छन् ।
मंगलबार अर्थ समितिमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा उनले जनचेतनाको कमिले पनि ऐनको कार्यान्वयनमा समस्या आएको भन्दै सबैलाई ऐनको प्रावधान र यसको फाइदा, प्रक्रियाको बारेमा जानकारी गराउनु पर्ने बताए ।
उनले भने, ‘नेपालमा सुरक्षित कारोबार ऐनका समस्याहरु समाधान गर्ने उपायहरु हामीले राख्न कानूनलाई समसामयिक रुपले सुधार गर्नुपर्छ । भन्ने हिसाबले नेपाल सरकारको तर्फबाट प्रस्तुत गरेका छौ । कतिपय जनचेतनाको कमिले पनि ऐनको कार्यान्वयनमा समस्या पर्ने र सही रुपले कार्यान्वयन नहुने हुन्छ । त्यसकारण सबैलाई ऐनको प्रावधान र यसको फाइदा र प्रक्रिया समेत जानकारी गराउनु पर्ने हुन्छ ।’
यस्तै, उनले सुरक्षिक कारोबार ऐनलाई वर्तमान आर्थिक वातावरण र व्यवसायिक आवश्यकताहरु अनुसार पुनरावलोकन गर्नुपर्ने भन्दै नविनतम आर्थिक मोडेल र प्रविधिको आधारमा ऐनलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि