१३ पुष २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

१ पुस, काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा घोटाला तथा भ्रष्टाचार भएको भन्दै राजन शर्मा बुढाथोकीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।

सोमबार उनले धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको कुरा प्रधानमन्त्रीले समेत आरोप लगाएको भन्दै अख्तियारले यस विषयको मुद्दा फैसला गरोस भनेर निवेदन दर्ता गरेको बताए ।

उनले भने, ‘कि त देश छोडेर जानुपर्यो नजाने हो भने देश बनाउने जिम्मेवारी हामी युवाहरुको हो । हामी यसका लागि अगाडि आउनुपर्छ भनेर स्वतन्त्र युवाहरुले एउटा भ्रष्टाचार विरुद्धको नागरिक अभियान चलाउन खोजिरहेका छौ । त्यसको लागि धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको छ भनेर प्रधानमन्त्रीले समेत आरोप लगाउनुभएको छ । यही विषय नै के हो भनेर अख्तियारमा मुद्दा फैसला गरोस भनेर निवेदन दर्ता गर्न आएको हो ।’

यस्तै, उनले जस्तो व्यवस्था आएपनि नेपाली जनताको आर्थिक रुपमा उन्नती हुन नसकेको भन्दै यसको मुख्य कारण भ्रष्टाचार नै भएको बताए ।

उनले भने, ‘देशमा हामीले जति पनि परिवर्तनका कुराहरु गर्यौ, युवाहरुलाई लिएर जति पनि आन्दोलन भए तर त्यसलाई आर्थिक रुपमा लान सकेनौ । गणतन्त्र, लोकतन्त्र जे आएपनि नेपाली जनताको आर्थिक रुपमा उन्नती हुन सकेन । यसका सबै कारण भ्रष्टाचार हो । तर भ्रष्टाचारका कुराहरु कहिले पनि बाहिर नआउने र कारबाही पनि नहुने काम निरन्तर चलि रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि