१२ पुष २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

ललितपुर महानगरपलिकाले १०६ औँ स्थापना दिवस मनाउँदै

१ पुस, काठमाडौं । ललितपुर महानगरपलिकाले मंगलबार आफ्नो  १०६ औँ स्थापना  दिवस मनाउँदैछ ।

सोमबार महानगरपालिकाले १०६ औँ स्थापना दिवसको अवसरमा ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने लगायतका कार्यक्रम राखिएको जानकारी गराएको हो ।

उक्त कार्यक्रममा बोल्दै महानगरपलिकाका मेयर चिरिबाबु महर्जनले १९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो भएको बताए । उनले काठमाडौं  महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो भएको उनले बताए ।

उनले भने, ‘१९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो महानगरपालिका हो । काठमाडौं  महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो छ । त्यसैले भोलि चाँही हामी १०६ औँ स्थापना दिवस मनाउँदैछौं । सबैलाई निमन्त्रणा यतैबाट गर्न चाहन्छु ।’

साथै उनले एउटै फोटोले हजारौं शब्द बोल्ने बताए । उनले फोटोले हजारौं शब्द बोले पनि भिडियोले लाखौं शब्द बोल्नुपर्ने बताए । उनले महानगरपालिका कुनै कुरामा पनि कमजोर नरहेको बताए । उनले कुनै पनि बिन्दुमा पुगेर काम गरिरहेका छौं भने त्यो रोकिन नहुने जिकिर गरे ।

ललितपुर महानगर नेपालकै  सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने इच्छा भएको बताए । यसैगरी उनले  महानगर सफा र  सुगर  बनाउनेसमेत धोको रहेको बताए ।

उनले भने, ‘हाम्रो महानगरपालिका कुनै कुरामा कमजोर छैन । धेरै कुरामा अगाडि आएर अब्बल नै छौं ।  कुनैपनि पोइन्ट वा बिन्दुमा गएर रोकिँदैनौं, निरन्तर चलिरहनुपर्छ । अब हामीलाई एउटा ईच्छा छ जुन ललितपुर नेपालकै सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने । यसैगरी ललितपुर महानगरपालिका सफा बनाउनेसमेत धोको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि