२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

पीएल सिंहबाट सिक्ने भनेको विधिको शासन हो : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले दिवंगत नेता पीएल सिंहले प्रजातन्त्रको लागि ठूलो योगदान गरेको बताएका छन् ।

सोमबार काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले सिंह लोकप्रिय व्यक्ति मात्र नभइ सम्पूर्ण जीवन प्रजातन्त्रको लागि समर्पित गरेको बताए ।

उनले भने, ‘प्रजातन्त्रको लागि उहाँले ठूलो योगदान गर्नु भएको छ । उहाँलाई हामीले चिनेको पनि त्यसरी नै हो । उहाँले आफ्नो जीवन नै प्रजातन्त्रको लागि समर्पित गर्नुभयो ।’

यस्तै, उनले सिंहबाट राज्य वा समाजलाई विधि अनुसार चलाउने कुरा सिक्नुपर्ने बताए ।

उनले भने, ‘उहाँबाट हामीले सिक्नुपर्ने कुरा भनेको सिस्टममा विश्वास गर्नु हो । उहाँले पद्धती र प्रक्रियामा जोड दिनुहुन्थ्यो । अहिलेको युवाले सिक्नुपर्ने कुरा भनेको उहाँले जस्तै सिस्टमलाई विधि अनुसार चलाउन सक्ने कुरा हो ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि