६ पुष २०८२, आईतवार
जीवनशैली मधेश मुख्‍य समाचार समाचार समाज

सिरक डसना बनाएर मनग्य आम्दानी

१ पुस, बरहथवा (सर्लाही) । सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ ।
सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उसले बताए । रफिकका दुई छोरा सोही काममा वैदेशिक रोजगारीमा छन् ।  उसको एक छोरा ट्र्याक्टरमा पुरानो लुगा पेलेर सिरक डसना बनाउने काम गर्दै विभिन्न स्थान पुग्ने गरेका छन् । मोहमद भने गाउँ तथा नजिकैको बजार क्षेत्रमा सिरक डस्ना बनाउने काम गर्नुहुन्छ ।
यस कामबाट आम्दानी राम्रो हुने गरेको हरिपुर–५ का कालीगढ हसन मन्सुरले बताए । “सिरक डसना बनाउने काम परम्परागत हुँदै हामीले सिकेका हौँ”, उसले भने, “व्यापारीले काम दिएको बेला बजारतिरै काम गर्छौं । बाँकी समय गाउँगाउँमै पनि पुग्ने गरेका छौँ ।”
धनुषा, पर्सा, काठमाडौँसम्म पुगेर सिरक डसना बनाउने काम गरेको रफिकले बताए । उसका अनुसार एक जना कालीगढले दिनमा सात वटासम्म सिरक वा डसना बनाउन सक्छन् । पसले वा स्थानीयबाट लम्बाइ र चौडाइ हेरेर एउटा सिरक वा डसना बनाएको कम्तीमा रु सात सय ज्याला लिने गरेको उसले बताए ।
सिरक डसना बनाउन सम्पूर्ण सामान साहुले नै उपलब्ध गराइदिन्छन् । कपास फिट्ने लाठी र सियोको भरमा मनग्य आम्दानी गर्ने गरेको मन्सुरको भनाइ छ । जस्तोसुकै भए पनि सीप भएपछि कमाइ गर्न समस्या नहुने उसले बताउँछन् । औपचारिक शिक्षा नलिएका तीनै जनाले आफ्ना बुबाबाजेबाट सिकेको सीप लिएर स्वरोजगार बनेको बताए । मेहनत गर्न सक्दा गाउँ ठाउँमै काम पाइने उसको भनाइ थियो ।
यामको तीन/चार महिना कात्तिक, मङ्सिर, पुस र माघसम्म मासिक रु डेढ लाखको हाराहारीमा आम्दानी गर्ने गरेको रफिकले बताए । “दिनको झण्डै रु पाँच हजारसम्म आम्दानी हुन्छ”, उसले भने, “बिहानैदेखि आँखा देखुञ्जेल काम गर्नुपर्छ । सिरक डसना बनाएर कमाएको आम्दानीले परिवारका सात जनाको भरणपोषण गर्ने गरेको उसको भनाइ थियो”, “अहिले छोराहरू पनि कमाउन जान्छन्”, अर्का कालीगढ हाफिज मन्सुले भने, “तर, घरमा भएका बुहारी नातिनातिनीहरु सबैको लालनपालन आफैँले गरिरहेको छु ।” कमाइ नभए कसरी परिवार पाल्नु उसले प्रश्न गरे । हफिजका अनुसार पछिल्लो समय विभिन्न प्रकारका म्याटेसलगायतको बजारले सिरक डसनाको माग कम हुँदै गएको छ ।
यसरी सिरक डसनाको मागसँगै बनाउने पेसासमेत सङ्कटमा पर्दै गएकोमा उसले दुखेसो गरे, “बजारमा विभिन्न म्याटेस पाहिन्छ । गाउँमा पनि त्यही राख्न थालेका छन् । गाउँगाउँमा ट्र्याक्टरमा उपकरण लिएर हिँड्नेले पुरानो लुगाबाट सिरक डस्ना बनाउन थालेपछि झन कपासको प्रयोग गरेर सिरक डसना बनाउने काम घट्दै गएको छ ।”
प्रत्येक वर्ष चिसो बढ्दै जाँदा जाडोको जोहो न्यानो सिरक डसनाको खपत बढ्ने गर्दछ । यस वर्ष पनि समयमै चिसो सुरु भएकाले जिल्लामा सिरक डसना बनाउने जनशक्तिको चहलपहल बाक्लिनुका साथै बजार पसलका समेत सिरक डसनाको माग बढ्दै गएको सर्लाहीको बरहथवा बजारमा सिरक डस्ना व्यापार गर्नुहुने राम दरेश ठाकुरले बताए ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected