२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

वर्तमान संविधानमा अझै पनि समानता छैन : पूर्वमन्त्री शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं माओवादी केन्द्रकी सांसद रेखा शर्माले संविधान संशोधन सबैले स्विकार गरेको विषय भएको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजि झिल्को १६ औं अंक विशेष बहसमा उनले  वर्तमान संविधानमा अझै पनि समानता नभएको भन्दै संविधान संशोधन अग्रगमनका लागि हुनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘यो संविधान पूर्ण समानतामा आधारित छैन । तर विगतको भन्दा विभेदको न्यूनिकरण गरिएको छ । विभेदलाई कम गर्ने प्रयास गरिएको छ । अहिले पनि हामीले हेर्ने हो भने नागरिकताको पाना पढ्दै गर्दा त्यहाँ लैङ्गिक समानता देखिदैँन् । जातिय विभेदका कुराहरु हेर्ने हो भने पूर्ण रुपमा हटेको छैन । यसलाई पूर्ण रुपमा कसरी समानतातिर लाने त्यसतर्फ हामीले ध्यान दिनुपर्छ । त्यसकारण संविधान संशोधन आफैंका सैद्धान्तिक कुरा हो यो हुनुपर्ने कुरा हो । संविधान संशोधन हामी सबैले स्विकार गरेको विषय हो र संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छ ।’

लामो समयदेखी राजनीतिक आन्दोलन गरेपनि अझै राजनीतिक कुराहरुमा अल्झि रहेको भन्दै अब जनताको बीचमा गएर जनताको सहमतीमा विभेदहरुलाई पूर्ण रुपमा समानताको कोणबाट अगाडि बढाउने कुरामा सोच्नुपर्ने बताईन् ।

उनले भनिन्, ‘संविधान संशोधन उत्पीडित समुदायले पाएको अधिकार थप सुधार गर्न र थप अधिकार दिनको लागि हुनुपर्छ । लामो समय हामी राजनीतिक आन्दोलनमा गयौं, धेरै रगत बग्यो, मेहेनत भयो तर आजका दिनसम्म आउदा पनि फेरी हामी यही राजनीतिक कुराहरुमा नै अल्झि रहेका नै छांै । हामी जनताको बीचमा जाने जनताको सहमतीमा हाम्रो समाजमा भएका विभेदहरुलाई पूर्ण रुपमा समानताको कोणबाट अगाडि बढाउने कुरामा हामीले सोच्नुपर्छ ।’

संविधान संशोधन अग्रगामी कि पश्चगामी भनेर भन्नु भन्दा पनि संविधान संशोधनभित्रको विषयवस्तुहरु अग्रगामी हुन्छन् कि पश्चगामी भन्ने कुरामा निर्भर हुने पनि उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि